Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Shekhar Koirala: शेखर कोइराला किन वर्तमान सरकारको आलोचना गर्दै छन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एउटा कार्यक्रममा बोल्दै आफूहरू सत्तापक्षमा भए पनि सरकारमा नभएको अभिव्यक्ति दिएका छन्। उनले कांग्रेस सहभागी अहिलेको सरकार 'एमालेकरण' त भइरहेको छैन भन्ने चिन्तासमेत आफूलाई लागिरहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार अबको १७ महिना कसैले ढाल्न नसक्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताएको भोलिपल्ट कांग्रेसकै नेता कोइरालाको यस्तो अभिव्यक्ति आएको हो। सुनौँ कोइरालासँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #ShekharKoirala #NepaliCongress