Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Serbian Parliament : सर्बियाको संसद्मा 'स्मोक ग्रिनेड' प्रहार भएपछि कोलाहल - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सर्बियाको संसद्मा विपक्षी सांसदहरूले मङ्गलवार संसद्भित्र धुँवा निस्किने 'स्मोक ग्रिनेड' प्रहार गरेपछि कोलाहल भयो। टीभीमा संसद्को बैठकको प्रत्यक्ष प्रसारण भएको थियो। त्यसमा सांसदहरू र सुरक्षाकर्मीबीच झडप भएको देखियो। विपक्षी सांसदहरूले विद्यार्थीहरूले केही महिनादेखि गर्दै आएको विरोधप्रदर्शनको समर्थन गर्न खोजेका थिए। चार महिनाअघि एउटा रेल स्टेशनको छाना खसेर १५ जनाको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। उनीहरूले देशमा भ्रष्टाचार बढेको भन्दै सरकारलाई चुनौती दिँदै आएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Serbia #Serbianparliament