HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

साउन महिनामा हरियो चुरापोते र मेहन्दी लगाउने परम्परा के हो? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

साउन महिनामा खासगरी हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना तथा उपासना गर्ने परम्परा छ । अनि महिलाहरूले यो महिनाभरि हरियो चुरापोते र पहिरन लगाउनुका साथै हातमा मेहन्दी लगाउने परम्परा बढ्दो छ। तर धर्मका लागि यस्तो चलन आवश्यक नरहेको र कुनै पनि धर्मग्रन्थमा यी चलनबारे उल्लेख नभएको संस्कृतिविद् प्राडा वीणा पौड्यालको भनाइ छ। साउन महिनाभरि पार्वतीले निराहार व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Tradition #Hindu