HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'संसारमा सबैसँग लड्न सकिन्छ तर आफ्नो परिवारसँग लड्न गाह्रो छ' - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

बुटवलकी २१ वर्षीया अनु अनमोल क्षेत्री पारलैङ्गिक (ट्रान्सजेन्डर) मोडलले हुन् र हालसालै उनी सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२२’ मा सहभागी भएकी थिइन्। आफ्नो समुदाय र पहिचानका लागि लङ्नका लागि उक्त कार्यक्रममा भाग लिएको उनी बताउँछिन्। "बाहिर संसारसँग लड्नका लागि परिवारले पहिले ‘तिम्रो पछाडि म छु है’ भनेर भनिदिनुभयो भने हामी पक्कै पनि लड्न सक्छौँ। परिवारले ‘यो चाहिँ गर्नुपर्छ है मेरो छोरा हो, मेरो छोरी हो’ भन्ने गरिदिनुभयो भने हामीलाई हौसला हुन्छ।" उनले बीबीसीलाई बताईन्। एउटी बालिकालाई तिमी बालक हो र तिमीले बालक जस्तै गर्नुपर्छ भनेर मानसिक तनाव दिँदा धेरै खालको डिप्रेसन, एन्जाईटीका क्षण आउने गरेको उनी भन्छिन्। आफ्नो पहिचानलाई लिएर क्षेत्रीले गरिरहेको संघर्षबारे उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #LGBTIQ #BeautyPageant