Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सिरिया भूकम्पः आमाको शवसँग नाभी जोडिएकै अवस्थामा फेला परिन् नवजात शिशु- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
उत्तरी सिरियामा भूकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्। फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने मृत्यु भइसकेको थियो। भूकम्पका कारण घर भत्किँदा उनको परिवारमा अरू सबैले ज्यान गुमाए। उद्धारकर्ताहरूले ती नवजात बालिकालाई अस्पताल लगेका छन्। सोमवार आएका दुईवटा शक्तिशाली भूकम्पले टर्की र उत्तरी सिरियामा धनजनको ठूलो क्षति पुर्याएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali