HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सारस र मान्छेबीचको अनौठो मित्रताको कथा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

करिब एक वर्षअघि भारतको उत्तर प्रदेश राज्यका एक व्यक्तिले आफ्नो गाउँ नजिकै एउटा घाइते सारस फेला पारेका थिए। त्यो सारसको खुट्टा भाँचिएको थियो। आरिफले घरेलु औषधोपचार गरेपछि उक्त चरोको भाँचिएको खुट्टा निको भयो। आरिफले उक्त चरो आफ्नै जमातमा फर्केला भन्ने सोचेका थिए, तर त्यसो भएन। सारस आरिफसँगै बस्न थाल्यो। दिनभरि घुमे पनि सूर्यास्त नहुँदै घर फर्कने उक्त सारसले आरिफकै थालबाट खानेकुरा खाने गरेको छ। त्यसपछि उनीहरूबीच न्यानो मित्रता भएको छ। अहिले उनीहरू एकअर्काका साथी बनेर घुमफिर गरिरहेका भिडिओहरू भारतमा भाइरल बनेका छन्। #BBCNepali #Crane #Birds