Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
समुद्री तटनजिकै शार्क लुकेको देखिने अद्भुत ड्रोन फुटेज- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
ड्रोन प्रयोग गरेर तस्बिर तथा भिडिओ खिच्ने क्रम ह्वात्तै बढेपछि समुद्र र त्यहाँ बस्ने जीवबारे नयाँनयाँ कुरा थाहा पाउन सहयोग पुगेको छ। न्यूयोर्क राज्यको साउथ्याम्पटनमा बसोबास गर्ने जोआना स्टाइडल प्रत्येक दिन आन्ध्र महासागरको तटमा बसेर ड्रोन उडाउँछिन्। त्यसो गर्दा उनले समुद्रको तटभन्दा केही पर पाँच वर्षअघिको भन्दा अहिले शार्कहरूको सङ्ख्या बढेको पत्ता लगाएकी छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Shark #Sealife