Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
७२ सालको भूकम्पले भाँच्न नसकेको रहर - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
विसं २०७२ को गोर्खा भूकम्पमा घाइते भएका २२,००० मध्ये एक थिए: दक्षिणकाली नगरपालिका वडा नं २ ग्वाल्दहका ३८ वर्षीय रामेश्वर कुँवर। २०७२ साल वैशाख १२ को शक्तिशाली भूकम्पमा उनको मेरुदण्ड भाँचियो। त्यसपछि ह्वीलचेअरमा बस्न बाध्य उनले आफ्ना कैयौँ रहरहरू पूरा गर्न अझै बाँकी नै रहेको बताउँदै भने, "भूकम्पले ढाड भाँच्यो तर मेरो रहर भाँच्न सकेन।" के छ उनको रहर? अनि उनको सङ्घर्ष कस्तो रह्यो? भिडिओ स्टोरी: कमल परियार #NepalEarthquake #2015Earthquake #SpinalCordInjury यो च्यानलमा बीबीसी न्यूज नेपालीका भिडिओहरू प्रकाशित हुन्छन्। थप सामग्रीका लागि BBCNepali.com मा वा फेसबुक, ट्विटर र इन्स्टाग्राममा BBC News Nepali को भेरिफाइड पेजमा जानुहोस्।