Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
साँघुरो इनारमा खसेका बालकको आठ घण्टापछि जीवितै उद्धार- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
भारतको बिहार राज्यको नालन्दा जिल्लामा पानी निकाल्न खनिएको साँघुरो इनार 'बोरवेल' भित्र खसेका एक तीनवर्षे बालकलाई आठ घण्टापछि जीवितै उद्धार गरिएको छ। यो घटना गत आइतवारको हो। घरनजिकै खेल्दै गर्दा ती बालक शिवम् कुमार १२ मिटर गहिरो उक्त साँघुरो इनारभित्र खसेका थिए। उद्धारका क्रममा बोरवेलभित्र एउटा क्यामरा छिराएर ती बालकको अवस्था निगरानी गरिएको थियो। उद्धार गरेर ती बालकलाई अस्पताल लगिएको थियो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #India #Rescue