Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सगरमाथा शिखरमा पाकिस्तानको सबैभन्दा कान्छो आरोही
BBC News Nepali · 5 years ago
गत हप्ता विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै शहरोज काशिफ पाकिस्तानका सबैभन्दा कान्छा सर्वोच्च शिखर आरोही बने। कोरोनाभाइरसको त्रासका बीच १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका उनले १७ वर्षको उमेरमा ८,०४७ मिटर अग्लो 'ब्रोड पीक' हिमाल चढेर विश्व कीर्तिमान बनाएका थिए। यसअघि सर्वोच्च शिखर आरोहण गर्ने एक मात्र पाकिस्तानी महिला समिना बेगको नाममा पाकिस्तानको कान्छो सगरमाथा आरोहीको कीर्तिमान थियो। बेगले २३ वर्षको उमेरमा सन् २०१३ मा सगरमाथा आरोहण गरेकी थिइन्। #ShehrozeKashif #Everest #Nepal #Pakistan