Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सगरमाथा शिखर टेक्ने पहिलो दृष्टिविहीन बन्ने अभियानमा अमिट केसी
BBC News Nepali · 5 years ago
सगरमाथा आरोहण गर्ने आकाङ्क्षा राखेका बागलुङका अमिट केसी जन्मजात दृष्टिविहीन हुन्।केसी सगरमाथामा पाइला राख्नुअघि शिर राखेर राष्ट्रिय गान गाउने योजनामा छन्। सन् २०१७ मा मौसमको प्रतिकूलता र अक्सिजन अभावका कारण चौथो शिविरबाटै फर्किनुपरेको स्मरण गर्दै उनले यस पटक आफू सफल हुने विश्वास व्यक्त गरेका छन्। यसअघि सन् २०१५ मा ६,००० मिटरभन्दा अग्ला आइसल्यान्ड पिक र मिरा पिक चढिसकेका उनी सगरमाथा चढ्ने पहिलो दृष्टिविहीन बन्ने अभियानमा छन्।