HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

RSP on federalism: रास्वपा प्रदेश संरचनाको 'विकल्प' खोज्नुपर्ने पक्षमा - BBC News Nepali

BBC News Nepali · 2 years ago

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले प्रादेशिक संरचनासहित विभिन्न विषयमा गरेका निर्णयबारे अहिले टीकाटिप्पणी भइरहेको छ। यसै साता सकिएको बैठकले पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको राजनीतिक प्रतिवेदन पारित गरेको छ। उक्त प्रतिवेदनमा प्रदेश संरचनामाथि प्रश्न उठाइएको छ र त्यसको विकल्प खोज्नुपर्ने उल्लेख गरिएको छ। सोही विषयलाई लिएर धेरैले “रास्वपा सङ्घीयताविरोधी दल भएको” टिप्पणी गरिरहेका छन्। यसै सन्दर्भमा सुन्नुहोस् बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले रास्वपा उपसभापति डोलप्रसाद अर्यालसँग गरेको कुराकानी। #BBCNepali #RSP #NepalFederalism