Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
राति आकाशमा देखिएको उज्यालोको यो रहस्यमय ताँती के हो?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
पृथ्वीबाट प्रक्षेपित भूउपग्रहहरूले आफ्नो गन्तव्यमा जाने क्रममा रात्रिकालीन आकाशमा एउटा गतिशील र चम्किलो ताँती बनाएका छन्। इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीले पठाएका ती भूउपग्रहहरू युरोपमा राति सजिलै देखिएका थिए। स्पेसएक्सको स्टारलिङ्क परियोजनाका ३,८०० वटाभन्दा बढी भूउपग्रहले पृथ्वीको परिक्रमा गरिरहेका छन्। गत आइतवार प्रक्षेपित नयाँ भूउपग्रहरू पनि त्यही परियोजनाका भाग हुन्। अन्तरिक्षबाट विश्वभरि उपलब्ध हुनेगरी तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले एउटा सबल र प्रभावकारी सञ्जाल बनाउन ती भूउपग्रहहरूको प्रयोग भइरहेको छ। ती भूउपग्रहहरूले 'लो-अर्थ अर्बिट' अर्थात् पृथ्वीवरिपरि रहेको तल्लो कक्षमा रहेर पृथ्वीको परिक्रमा गरिरहेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Starlink #satellite