HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

रोजगारीका लागि विदेश जानुभन्दा पुर्ख्यौली पेसा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

२९ वर्षीय श्याम पण्डित विगत ११ वर्षदेखि आफ्ना बाहजुरबाले गरेको मूर्ति बनाउने पेसालाई निरन्तरता दिइरहेका छन्। उनले बनाउने मूर्ति दुर्गा पूजा, विश्वकर्मा पूजा र गणेश पूजाजस्ता केही पर्वहरूमा प्रयोग हुन्छ। आउन लागेको विश्वकर्मा पूजाका लागि उनले २५० वटा विश्वकर्माका मूर्ति बनाएका छन्। रोजगारीका लागि विदेश जानुभन्दा आफ्नो परिवारसँग बसेर आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिने उनी बताउँछन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #sculpture