Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rabi Lamichhane: रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेसहित सात जना प्रतिवादीहरूलाई अदालतले बिहीवार धरौटीमा थुनामुक्त गरी तारेखमा राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो। यसबारे अदालतका जानकारी दिँदै स्रेस्तेदार राजन खनालले के भने? भिडिओ : कृष्णमणि बराल/कमल परियार #BBCNepali #BBCNepaliSewa #RabiLamichhane #CooperativeScam