HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Rabi Lamichhane case: रवि लामिछाने थुनामुक्त नहुने रूपन्देही जिल्ला अदालतको आदेश - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले "आफ्नो भागमा पर्न सक्ने" धरौटी राखेर रिहा गर्न माग गर्दै दिएको निवेदनमा रूपन्देही जिल्ला अदालतले उनले मागेबमोजिम नहुने निर्णय गरेको छ। न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम ब्याङ्क जमानत लिएर आफूलाई रिहा गरिपाऊँ भन्दै दिएको निवेदनमा यस्तो आदेश दिएको हो। अदालतका सूचना अधिकारी पदम अर्यालले बीबीसीसँग कुरा गर्दै जिल्ला अदालतले ब्याङ्क ग्यारेन्टीका आधारमा लामिछानेलाई रिहा गर्न नसकिने आदेश दिएको जानकारी दिए। सुन्नुहोस् अर्यालसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliewa #RabiLamichhane #NepalPolitics