HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Quadrobics: बाँदरबाट प्रेरित भई हातखुट्टा टेकेर दौडिने खेलकुद आविष्कार गर्ने खेलाडी- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

जापानका केनिचि इतो चार हातखुट्टा टेकेर बाँदर जसरी दौडिन्छन्। उनले १५.७१ सेकन्डमा १०० मिटर दौडिएर कीर्तिमान बनाएका छन्। उनलाई खेलकुदमा 'क्वाड्रोबिक्स' अर्थात् चार हातखुट्टा टेकेर दौडिने विधा आविष्कार गरेको श्रेय दिइन्छ। विश्वका विभिन्न स्थानमा, विशेष गरी रुसमा, क्वाड्रोबिक्स निकै लोकप्रिय भएको छ। त्यहाँ मानिसहरू चारखुट्टे जनावरको भेष लगाएर चारहात खुट्टा टेकेर दौडिन रमाउँछन्। तर रुसमा केही राजनीतिक नेताहरूले त्यसको विरोध गरेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Quadrobics #Sports