Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Puja Mahato: आईसीसी यू-१९ महिला टी२० ‘टीम अफ द टुर्नमन्ट’ मा छनोट भएकी पूजा महतो - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
पूजा महतोलाई नियालेर हेर्नुपर्छ, उनको बोली र 'बडी ल्याङ्ग्विज'मा एउटा बेग्लै आत्मविश्वास झल्केको देख्न सकिन्छ, मैदानभित्र पनि र मैदानबाहिर पनि। एक वर्षअगाडिसम्म पूजा नेपाली महिला क्रिकेटको कुनै पनि परिदृश्यमा थिइनन्। एक वर्षको बीचमा उनी महिला राष्ट्रिय टोलीको मुख्य खेलाडी बनिन्, १९ वर्षमुनिको राष्ट्रिय टोलीको नेतृत्व गरिन् र टोलीलाई युवा विश्वकपको ठूलो मञ्चमा उभ्याइन्। उनको प्रतिभाले यति छिटो विश्व महिला क्रिकेटलाई प्रभाव पार्यो कि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले भर्खरै सम्पन्न युवा विश्वकपको 'ड्रीम टीम' मा पूजालाई समावेश गर्यो। भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #BBCNepaliSewa #PujaMahato #NepalCricket