Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Prachanda interview: मसँग सम्बन्ध हुनेबित्तिकै विवादित? यो महारोग हो: प्रचण्ड
BBC News Nepali · 7 years ago
बीबीसी नेपालीसँग विशेष अन्तर्वार्तामा 'नेत्रविक्रम चन्दहरूले केपी शर्मा ओलीभन्दा प्रचण्ड बढी क्रूर छन् भन्ने आरोप लगाएका छन् नि' भन्ने प्रश्नमा पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'भन्छन्, "क्रूर देखिए उहाँहरूले गर्न सक्ने गरे हुन्छ नि। उहाँहरूले मलाई बम हान्नुभएकै थियो। ७० को चुनावमा कञ्चनपुरमा म केही सेकेन्डले बाँचेको हुँ, उहाँहरूले मलाई मार्न त खोज्नुभएकै छ नि।" भाडाको घर खोज्दा पनि तपाईँले एकजना विवादित निर्माणव्यवसायीको घर फेला पार्नुभयो भन्छन् नि भन्ने जिज्ञासामा उनी आफूसँग सम्बन्ध भएका व्यक्तिलाई त्यसो भन्नु महारोग भएको दाबी गर्छन्।