Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Planets: सात ग्रहको दुर्लभ भेला, औँसीको रातमा अझ राम्रो देखिने - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गत पौष महिनादेखि आकाशमा छवटा ग्रह देखिँदै आएका छन्। अब फागुन १६ गते सातौँ ग्रह बुध एक रातका लागि उक्त दुर्लभ भेलामा सहभागी हुँदै छ। ग्रहहरू धनुषको घेराको आकार बनाएर आकाशमा देखा पर्ने छन्। मौसम बिग्रिएन भने पाँच वटालाई खाली आँखाले देख्न सकिने छ भने दुइटा हेर्न चाहिँ दूरबिन चाहिन्छ। औँसीको रात भएकाले उक्त दिन ग्रहहरू स्पष्ट र अझ चम्किला देखिने छन्। वैज्ञानिकहरूले यसलाई "जीवनमा एक पटक मात्र देख्न पाइने दुर्लभ घटना" भनेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Planets #Astronomy