Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पशुपतिनाथमा एक अर्बको सुनको जलहरी हाल्ने कि नहाल्ने विवाद
BBC News Nepali · 5 years ago
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने कार्य कानुनी र धार्मिक विधि अनुसार नरहेको संस्कृतिविद्ले बताएका छन्। संस्कृतिविद् नरोत्तम वैद्यका अनुसार सुनको जलहरी प्रतिस्थापन प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत हुने बताउँछन्। तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले सम्बन्धित सबै पक्षसँगको परामर्शपछि जलहरी निर्माण गर्न लागिएको बताए। भिडिओ: कमल परियार