HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

पासोमा पर्‍यो गाउँ पसेको चितुवा

BBC News Nepali · 4 years ago

तनहुँको तुर्लुङकोटस्थित स्थानीय कुखुरा फार्म सञ्चालकले चितुवाले दुःख दिएको गुनासो गरेपछि राखिएको फलामे खोरमा एउटा भाले चितुवा परेको अधिकारीहरूले बताएका छन्। डिभिजन वन कार्यालय तनहुँका अनुसार २०७४ सालयता चितुवाको आक्रमणबाट तनहुँमा मात्र ११ जना बालबालिकाको ज्यान गएको र कैयौँ मानिस घाइते भएका छन्। नियन्त्रणमा लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिनेछ। भिडिओ स्टोरी: कमल परियार