HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

पोर्न स्टार स्टोर्मी ड्यान्यल्स र डोनल्ड ट्रम्पबीचको 'सम्बन्ध' ले किन निम्तियो विवाद

BBC News Nepali · 3 years ago

डोनल्ड ट्रम्पले आफूलाई मङ्गलवार (एप्रिल २१) पक्राउ गर्न लागिएको दाबी गरेका छन्। पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ मा दिइएको भुक्तानीका सम्बन्धमा गरिएको एउटा अनुसन्धानपछि उनीविरुद्ध मुद्दा चल्न सक्ने ठानिएको छ। ड्यान्यल्सले ट्रम्पसँग कुनै बेला आफ्नो ''व्यभिचारपूर्ण सम्बन्ध'' रहेको र त्यसबारे कुरा नखोल्न उनका वकिलसँग आफूले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि १,३०,००० डलर लिएको दाबी गरेकी छन्। विभिन्न अभियोगमा दोषी ठहर भएपछि ट्रम्पका वकिल माइकल कोहेन पछि जेल परे। सन् २०१८ मा तथाकथित सम्बन्धबारे चर्चा हुन थालेपछि ट्रम्पले ड्यान्यल्ससँग आफ्नो व्यभिचारपूर्ण सम्बन्ध नरहेको दाबी गर्दै आएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #DonaldTrump #Controversy