Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पुर्खाले सुम्पिएको कोलको संरक्षणमा कान्छा महर्जन - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
ललितपुरस्थित खोकनाका ५२ वर्षीय कान्छा महर्जन आफ्ना बाबुबाजेको पालादेखिको परम्परागत तेल पेल्ने कोलको संरक्षणमा दिनरात खटिन्छन्। खोकना क्षेत्रमा रहेका चारवटा कोलमध्ये पछिल्ला केही समययता तीनवटा बन्द भइसकेको र एउटामात्र सञ्चालनमा रहेको छ। दैनिक २०० लिटरसम्म तेल उत्पादन हुने उक्त कोलका लागि आवश्यक काठका ठूला मुढाहरू आफ्ना बाजेहरूले थानकोटबाट तीन महिनासम्म तानेर ल्याएको महर्जन सुनाउँछन्। भिडिओ: कमल परियार #bbcnepali