HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

प्रजातन्त्रका लागि लडिरहेका युवा लडाकु - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

म्यान्मार अहिले गृहयुद्धमा छ। गत वर्षको फेब्रुअरीमा सैनिकले सत्ता कब्जा गरेपछि उक्त कूविरुद्ध गरिएको जनआन्दोलन अहिले सशस्त्र विद्रोहमा परिवर्तन भएको छ। म्यान्मारको सैनिकले अहिले देशव्यापी रूपमा नागरिक मिलिसिया समूहहरूको सञ्जाल पिपल्स डिफेन्स फोर्स पीडीएफबाट आक्रमण खेपिरहेको छ। यो समूह प्रजातान्त्रिक म्यान्मारको लागि लडिरहेको छ। युवा विद्रोहीहरूलाई सैनिकमा परिवर्तन गर्न जङ्गलमा तालिम चलिरहेका विद्रोही क्याम्पहरूमा बीबीसीले दुर्लभ पहुँच पाएको छ। रुस र चीनको सहयोग पाइरहेको तमिलप्राप्त शक्तिवान् सैनिकसँग उनीहरू लडिरहेका छन्। म्यान्मारको सैनिक सत्तामा बसिरहन क्रूर रणनीति प्रयोग गर्न पनि तयार छ। म्यानमारमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको बेला र संसारले यो विषयलाई बेवास्ता गरिरहेको समयमा के यो जनआन्दोलन सफल होला? सम्वाददाता: बान्योल कङ जनोइ र चीत आए छायाङ्कन: चीत आए निर्माण र निर्देशन: रेबेका हेन्श्की, केल्भिन ब्राउन र को को आङ सम्पादन: केल्भिन ब्राउन, क्यारोल बेर्टीनेट र पल ह्यारिस