Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पेलेः सम्झनामा 'फुटबलका सम्राट' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
फुटबलका महान् खेलाडीमध्ये एक मानिने पेलेको निधन भएको छ। उनी तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी हुन्। गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिएका थिए। उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो। तर उनले आफ्नो प्रतिभा र क्षमताको बलमा फुटबलमा ठूलो नाम कमाए। यी महान् खेलाडीसँग सम्बन्धित केही स्मरणीय क्षणहरू यहाँ प्रस्तुत गरिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Pele #Football