HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pakistan cable car rescue: ‘मलाई अब मरिन्छ जस्तो लाग्यो'

BBC News Nepali · 2 years ago

पाकिस्तानमा केही दिनअघि केबलकारमा चढेका मानिसहरू एउटा गम्भीर दुर्घटनाबाट जोगिएका छन्। तार चुँडिएर तुइनजस्तो उक्त केबलकार घण्टौँ आकाशमा झुन्डिएपछि त्यसमा सवार मानिसहरूलाई उद्धार गरिएको थियो। केबलकार सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। उक्त केबलकारमा छ बच्चासहित आठ जना फसेका थिए। उद्धार गरिएका बालकमध्येका एक अत्ताउल्लाहले १५ घण्टा लामो उद्धारका बारेमा बोलेका छन्। "मलाई अब मरिन्छ जस्तो लागेको थियो," उनले त्यो कहालीलाग्दो घटनाबारे भने। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Rescue #Pakistan