HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

पाकिस्तानमा लोकप्रिय हुँदै गरेको 'थप्पड कबड्डी' कस्तो खेल हो?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

थप्पड कबड्डी नाम दिइएको 'रेस्लिङ' जस्तै तर एकअर्कालाई थप्पड हानेर खेलिने खेल पाकिस्तानको पञ्जाबमा लोकप्रिय हुँदै छ। हुन त कबड्डी आफैँमा दक्षिण एशियामा लोकप्रिय खेल हो। यसमा प्रतिस्पर्धी समूहको घेरामा पुगी एकै सासमा उनीहरूमध्ये सकेसम्म धेरैलाई छुँदा अङ्क पाइन्छ। यस क्रममा उक्त खेलाडीलाई प्रतिस्पर्धी समूहले समात्यो भने अङ्क गुम्छ। तर 'थप्पड कबड्डी' अलिकति भिन्न छ। यो समूहमा नभई एक्लाएक्लै खेलिन्छ र प्रतिस्पर्धीलाई थप्पड हानिन्छ। पाकिस्तानको विशेषत: पञ्जाब प्रान्तको मध्यपूर्वी क्षेत्रका महोत्सवहरूमा यो खेल खेलिन्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #SlapKabbadi #Sports