HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

North Korea tourists: उत्तर कोरियामा विदेशी पर्यटकहरूले के देखे - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

गत साता विदेशी पर्यटकहरूको एउटा टोली पाँच वर्षपछि पहिलो पटक उत्तर कोरिया पुग्यो। कोभिड महामारी सुरु भएपछि बन्द गरिएको सीमा अहिले बल्ल खुलेको हो। यूके, फ्रान्स, जर्मनी र अस्ट्रेलियाका पर्यटकहरू चीनबाट सडकमार्ग हुँदै एउटा दुर्गम क्षेत्रमा पुगेका थिए। तीमध्ये पाँच जना ब्रिटिश नागरिक थिए। उनीहरूलाई पहिल्यै निश्चित गरिएको ठाउँमा स्थानीय पथप्रदर्शकहरूले लगेका थिए। त्यहाँ आफूहरूले मोबाइल फोनको सिग्नल, इन्टरनेट र एटीएम नदेखेको उनीहरूले बताएका छन्। त्यहाँ उनीहरूले अरू के देखे र भोगे? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #NorthKorea #NorthKoreaFacts