Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepalis in Iran: 'अहिलेको अवस्था वनमा डढेलो लाग्दा आगो उडेर अलिअलि घर जलेजस्तो' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गएको शुक्रवार बिहान करिब साढे तीन बजे थियो। इरानको तेहरानस्थित यूएईको दूतावासस्थित आवासगृहमा सुतिरहेका अर्घाखाँचीका विष्णुप्रसाद भुसालले 'ड्याङड्याङ र पटटपटट' आवाज सुने। "त्यस्तो आवाजसँगै होहल्ला पनि भयो अनि मानिसहरू बाहिर निस्किए। म पनि बाहिर निस्किएँ," सोमवार दिउँसो उनले बीबीसीसँग ह्वाट्स्यापमार्फत् गरिएको कुराकानीमा भने। सोमवार उनीसँग कुराकानी गर्दा पनि कहिले उनको आवाज बीचैमा कटिने र फेरि सुनिने गरिरहेको थियो। सुन्नुहोस् विष्णु पोखरेलले गरेको कुराकानीको सम्पादित अंश। #BBCNepali #BBCNepaliSewa #Iran #Israel