HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepali workers in Japan: कामदार जापान पठाउने समझदारीपत्र नवीकरणबाट नेपाललाई के फाइदा-BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

नेपालीहरूका लागि एउटा आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने समझदारीपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने सरकारले निर्णय गरेको छ। अधिकारीहरूका अनुसार दुई देशले सन् २०१९ को मार्च २० मा गरेको समझदारीपत्रको म्याद सन् २०२४ को मार्च १९ तारिखमा सकिएको थियो। उक्त समझदारीबमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विसं २०८० सालमा जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८० लागु गरेको थियो। यसै सन्दर्भमा हामीले श्रमविज्ञ गणेश गुरुङलाई पछिल्लो निर्णयबाट नेपालले कसरी फाइदा लिन सक्छ भनेर सोधेका छौँ। सुन्नुहोस् गुरुङसँग गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #WorkInJapan #ForeignEmployment