Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepali student killed at KIIT: भारतमा नेपाली छात्राको मृत्युपछि अवस्था के छ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
एक नेपाली छात्राको शङ्कास्पद परिस्थितिमा भएको मृत्युको घटनापछि भारतको ओडिसा राज्यस्थित एक शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरू र उक्त संस्थाको प्रशासनबीच उत्पन्न तनाव सामान्य बनेको भन्दै उक्त विश्वविद्यालय र नयाँ दिल्लीस्थित नेपाली नेपाली दूतावासका अधिकारीहरूले विद्यार्थीलाई फर्किन र परीक्षामा सहभागी हुन अनुरोध गरेका छन्। भुवनेश्वरको कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी)मा अध्ययनरत रूपन्देही जिल्लाकी एक विद्यार्थीको शव गत आइतवार साँझ छात्रावासमा "झुन्डिएको अवस्थामा" फेला परेको थियो। त्यसयता विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू अन्योल र चिन्तामा परेका विवरण आइरहँदा दूतावासका कर्मचारीको उपस्थितिमा विश्वविद्यालय प्रशासन र पदाधिकारीले नेपालकी परराष्ट्रमन्त्री आरजू राणा देउवासँग टेलिफोन संवाद गरेर विद्यार्थीलाई फर्किन अनुरोध गरेको र उनीहरूको परीक्षाको व्यवस्था गरिनेबारे सहमति भएको दिल्लीस्थित दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले बीबीसीलाई जानकारी दिए। सुन्नुहोस् थापासँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #KIITUniversity #India