Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal earthquake relief: जाजरकोट भूकम्प पीडितलाई राहतबारे प्रदेश सरकार के भन्छ -BBC News Nepali
BBC News Nepali · 2 years ago
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरात गएको भूकम्पमा आफ्नो घर गुमाएका स्थानीय बासिन्दाहरूले खुला चौरमा रात बिताइरहेका छन्। उनीहरूमध्ये अधिकांशले समयमा राहत नपाएको गुनासो गरेका छन्। तर कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जीसीले पर्याप्त राहत सामग्री रहे पनि समयमै ढुवानी हुन नसकेको बताएका छन्। साथै उनले सङ्घीय सरकारको गृह मन्त्रालयले राहत वितरणमा प्रभावकारी समन्वय नगरेको बताएका छन्। बीबीसी न्यूज नेपालीका शरद केसीले जीसीसँग गरेको कुराकानी यो भिडिओमा हेर्नुहोस्। #BBCNepali #NepalEarthquake #JajarkotEarthquake