HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नयाँ जनप्रतिनिधि कहिलेसम्म भाडाको भवनमा? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

निर्धारित समयमा संसद् भवन नबनेपछि यसपालि चुनिएका सांसदहरूलाई नयाँ बानेश्वरस्थित भाडाकै भवनमा बैठक बोलाउने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ। सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन गत असोजमा सम्पन्न गरिसक्ने योजना रहे पनि हालसम्म झन्डै ७० प्रतिशत मात्र काम सम्पन्न भएको शहरी विकास मन्त्रालयको भनाइ छ। कोभिड महामारी र ढिलोगरी जग्गा उपलब्ध भएका कारण हालै निर्वाचित जनप्रतिनिधिले भाडाकै भवनबाट काम थाल्नुपर्ने मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रदीप परियारले बताए। झन्डै १५ वर्षदेखि भाडामा बसेको संसद्ले हाल वार्षिक १५ करोड रुपैयाँ भाडा तिर्दै आएको संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन्। पाँच अर्ब रुपैयाँमा निर्माण हुने उक्त भवन अत्याधुनिक सुविधासम्पन्न हुने संसद् सचिवालयले जनाएको छ। भिडिओ: कमल परियार #BBCNepali #Parliament #Nepal