Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nawaraj Subedi interview: आन्दोलनको जस-अपजसदेखि पूर्वराजाबारे बीबीसीसँगको वार्तालाप- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नवराज सुवेदी 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'का संयोजक हुन्। चैत १५ गते काठमाण्डूको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा भएको हिंसापछि उनको घरमा प्रहरी खटाइएको छ। हामी स्थानीय प्रहरी र प्रशासनलाई पूर्वजानकारी नदिएरै शुक्रवार दिउँसो नेता सुवेदीको घर पुग्यौँ। तर प्रहरीले रोके। 'माथि' को अनुमति लिने चरण केही मिनेटमा पूरा भयो। त्यस क्रममा संस्था, भेटको कारण, पत्रकारको नाम, सवारी साधनको नम्बर सोधनी भयो। पत्रकार परिचय पत्रको फोटो लिइयो। अनि प्रवेश अनुमति दिइयो। त्यसपछि हामीले उनीसँग लामो कुराकानी गर्यौँ। अन्तर्वार्ता : शरद केसी भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NawarajSubedi