Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नदी सरसफाइः ढलको पानी कसरी सफा गरेर वाग्मती नदीमा मिसाइन्छ? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
काठमाण्डूको गुह्येश्वरीनजिकै रहेको पानी प्रशोधन केन्द्रमा गोकर्णेश्वर र चाबहिल क्षेत्रबाट निस्किएको ढलको फोहोर पानी प्रशोधन गरी वाग्मती नदीमा मिसाइन्छ। यसरी प्रशोधन गरिएको पानी पिउन नसकिए पनि अन्य सामान्य प्रयोग गर्न सकिने र त्यसमा जलचरहरू बस्नयोग्य हुनेगरी निर्मल हुने प्रशोधन केन्द्रका इन्जिनियर प्रशान्तकुमार साहले बताएका छन्। काठमाण्डू उपत्यकामा भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी र काठमाण्डूको धोबीखोलामा गरी पाँचवटा प्रशोधन केन्द्र निर्माणाधीन छन्। भिडिओ: विजय गजमेर। #BBCNepali #WaterTreatment #Environment