Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
NASA astronauts: अन्तरिक्षमा ९ महिना बिताएका सुनीता विलिअम्स र बुच विल्मोर पृथ्वीमा- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अन्तरिक्षमा २८६ दिन बसेर नासाका दुई वैज्ञानिक सुनीता विलिअम्स 'सनी' र ब्यारी ई विल्मोर 'बुच' पृथ्वी फर्किएका छन्। तर उनीहरूको 'अन्तरिक्षवास' स्वैच्छिक नभई बाध्यात्मक थियो। उनीहरूलाई लिएर आएको स्पेसएक्स क्रू ड्र्यागनको क्याप्स्यूल संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा स्थानीय समयानुसार मङ्गलवार अपराह्ण ६ बजेतिर (नेपाली समयानुसार बुधवार सबेरै) समुद्रमा अवतरण गर्यो। यो दृश्य हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #SunitaWilliams #ButchWilmore