Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Narayankaji Shrestha interview: तपाईँ एक कट्टर कम्युनिस्ट नेता, जोगीहरूको शरण किन परेको?
BBC News Nepali · 2 years ago
बहुचर्चित ललिता निवास निवास जग्गा हिनामिना काण्ड, अवैध सुन तस्करी काण्ड र नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानबारे सोधिएका प्रश्नमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उत्तर। धरानमा हिन्दू र इसाईबीचको खटपट, सर्लाहीमा मुस्लिम र हिन्दूबीचको चर्काचर्की। काठमाण्डूमा कांग्रेस नेतामाथि खुकुरी प्रहार, ताप्लेजुङमा प्रादेशिक सांसदमाथि प्रहरीको हातपातबारेका सवालमा गृहमन्त्रीको जबाफ। गृहमन्त्री बन्दा शान्ति सुरक्षा चुस्त बनाउँछु र भ्रष्टाचार नियन्त्रण गर्छु भनेका नारायणकाजी श्रेष्ठलाई बीबीसीको प्रश्न: के तपाईँ दुवै काममा चुक्नुभएको हो? बीबीसी न्यूज नेपालीकी रमा पराजुलीका सवाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जबाफ यो भिडिओ अन्तर्वार्तामा। भिडिओ: कमल परियार/विजय गजमेर #BBCNepali #NarayankajiShrestha #Politics