Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
निरन्तर जिब्रो छेड्ने व्यक्तिका रोचक अनुभव कस्ता?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपाली नयाँ वर्षको दोस्रो दिन भक्तपुरको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा पटक पटक जिब्रो छेडेका व्यक्तिहरू र पहिलो पटक छेड्न लागेका व्यक्तिले रोचक कुराकानी सुनाएका छन्। १२ पटक जिब्रो छेडेका कृष्णचन्द्र बाग: श्रेष्ठ, ९ पटक छेडेका बुद्धकृष्ण बाग: श्रेष्ठ र ८ पटक जिब्रो छेडेका जुजुभाइ बास: श्रेष्ठले जिब्रो छेड्दा अत्यन्त दुख्ने भए पनि परम्परा जोगाउन आफूहरू अग्रसर भएको बताएका छन्। नयाँ वर्ष २०८०मा बुद्धकृष्ण बाग: श्रेष्ठका कान्छा छोरा सुजन बाग: श्रेष्ठले जिब्रो छेड्दै छन्। जिब्रो छेड्नुअघि उपवास बस्ने र जिब्रो छेडेपछि नगर परिक्रमा गरेर सियो ननिकालेसम्म पानीसमेत खान नपाइने प्रचलन छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Festival #Biska