Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालमा जन्मदर घट्दो: कारण के के?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
फेसन डिजाइनर सुजिता बज्राचार्यले एक मात्र सन्तान जन्माएकी छन् र उनी अर्को बच्चा जन्माउन चाहन्नन्। महँगीका कारण र कामबाट लामो छुट्टी लिन नमिल्ने भएका कारण अर्को बच्चा जन्माउन/ हुर्काउनतिर नलागेको उनको भनाइ छ। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार दुई दशकयता प्रजनन दर घटेको छ। सन् १९९६ मा ४.६ मा रहेको प्रजनन दर घटेर २.१ मा पुगेको छ। त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख योगेन्द्रबहादुर गुरूङका अनुसार शिशु मृत्यु दर घट्दा पनि प्रजनन दर घट्छ। "शिशु मृत्यु दर घटेको छ त्यही भएर जति जन्मिन्छन् सबै बाँच्छन् भन्ने निश्चित भएपछि धेरै जन्माउन चाहँदैनन्," उनले बीबीसी न्यूज नेपालीलाई बताए। प्रजनन दर घट्नुको अर्को कारण सामाजिक तथा आर्थिक विकास पनि भएको उनको भनाइ छ। नेपालमा प्रजनन दर घट्नु भनेको के हो र यसका असर कस्ता? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #BirthRate #Population