Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालमा इसाई धर्मान्तरण- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपाल इतिहासको कालखण्डमा बाहिरी संसारसँगको सम्पर्कबाट टाढा थियो। यो कुनै बेला हिन्दू राष्ट्र पनि थियो। सन् १९५० भन्दाअघि नेपाल विदेशीहरूका लागि सम्पूर्ण रूपमा खुला थिएन। अहिले नेपाल संसारमा नै इसाई समुदायको सङ्ख्या तीव्र रूपमा वृद्धि भइरहेका देशहरूमध्येको एक बन्न पुगेको छ। त्यसका निम्ति केही हदसम्म दक्षिण कोरियाली इसाई धर्म प्रचारकहरूको आगमन एउटा कारक रहेको देखिन्छ। बीबीसी एसिया हबले यस क्षेत्रका मानिसहरूलाई धर्म परिवर्तन गर्न के ले प्रेरित गरिरहेको छ भनेर सोधखोज गर्ने क्रममा ती इसाई धर्म प्रचारकहरूको हिमालय क्षेत्रमा सक्रिय एउटा इसाई मिसन समूहभित्र दुर्लभ पहुँच पाएको छ। नेपालमा कसैलाई जबरजस्ती धर्म परिवर्तन गराउनु गैर कानुनी हो र बीबीसीका संवाददाता केभिन किम आफ्नो रिपोर्टमा भन्छन् मिसनरीहरूका गतिविधिले नेपालको परम्परा र प्राचीन संस्कृति कमजोर बनाउँदै लगेको भन्दै केही मानिसहरूले चिन्ता व्यक्त गरेका छन्। #BBCNepali #Christianity #Conversion