Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपालको सशस्त्र द्वन्द्व: माओवादीका पूर्वलडाकु भन्छन्, 'हाम्रो पीडा कसैले बुझेन'-बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपालमा माओवादीले सशस्त्र विद्रोह सुरु गरेको सम्झनामा सरकारले फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन सार्वजनिक बिदा नै दियो। तर केही नेपालको सशस्त्र द्वन्द्वमा माओवादीबाट सहभागी भएका केही पूर्वलडाकुहरूले भने आफूलाई राज्य र माओवादी पार्टीबाट पर्याप्त सहायता नपाएको गुनासो गरेका छन्। लडाइँका क्रममा तत्कालीन माओवादीको छैटौँ डिभिजनका जुम्लाका अशोक तिरुवाका दुवै खुट्टामा गोली लाग्यो। गोली लागेकै कारण आफू अशक्त भएको र जीवन निकै कष्टकर बनेको बीबीसी सँगको कुराकानीमा बताएका छन्। तर कसैले पनि आफ्नो पीडा नबुझेको र औषधोपचार गर्न आफूलाई गाह्रो भएको उनी गुनासो गर्छन्। विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले तत्कालीन राज्यविरुद्ध सशस्त्र विद्रोह थालेको थियो। दश वर्ष चलेको द्वन्द्वमा कम्तीमा १७ हजार नेपालीले ज्यान गुमाएका थिए भने कम्तीमा १४ सय बेपत्ता भएका थिए। भिडिओ: कमल परियार #BBCNepali #Maoist #CivilWar