HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपालको चिडियाखानामा दुई चिम्पान्जी - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

अब ललितपुरस्थित सदर चिडियाखानामा चिम्पान्जी हेर्न पाइने भएको छ। झन्डै पाँच वर्षअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अत्यन्त दयनीय अवस्थामा उद्धार गरिएका दुई चिम्पान्जीलाई चिडियाखानामा सुविधासम्पन्न नयाँ घरमा सारिएको छ। चिम्पू र चम्पा नामका ती चिम्पान्जीलाई फिर्ता पठाउन पहल गरे पनि आवश्यक प्रमाण नपुगेका कारण नेपालकै राख्नु परेको बताएको छ। चिडियाखानाले झन्डै ८२ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको घरमा प्रदर्शनीमा राखिएपछि उनीहरूको रेखदेख गर्दै आएका रामकाजी पहरीले खुसी व्यक्त गरेका छन्। भिडिओ स्टोरी: कमल परियार