HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल टेलिभिजनमा समाचार वाचक बनेपछि फुटबललाई निरन्तरता दिन सकिनँ - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

रमा सिंहको पहिचान नेपाल टेलिभिजनसँग धेरै जोडिएको छ। उनले धेरै लामो समयसम्म टेलिभिजनमा समाचार वाचक भएर काम गरिन्। “समाचार वाचक भनेर धेरैले मलाई चिन्नुभएको छ। कैयौँले मलाई नचिनेको अर्को पाटो पनि छ। त्यो के हो भने म चाहिँ नेपालको पहिलो महिला फुटबल कप्तान पनि हुँ।” उनले बीबीसी न्यूज नेपालीलाई बताइन्। बि.सं. २०३९ सालमा महिला फुटबलको सुरुवात भएपछि सिंहले फुटबल खेल्न सुरु गरिन् र राष्ट्रिय महिला फुटबल टोलीको कप्तान समेत बनिन्। “म संयोगवश फुटबल खेल्न पुगेकी हुँ। तर नेपाल टेलिभिजनमा समाचार वाचक भएपछि फुटबललाई निरन्तरता दिन सकिनँ। उनले बताइन्।” उनले आफूले फुटबल खेलेको समयलाई कसरी सम्झन्छिन् र फुटबल खेललाई किन निरन्तरता दिन सकिनन्? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #WomenFootball #Sport