Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाल निर्वाचन: मेशिनको प्रमाणीकरणमा निर्वाचन आयोगको आशङ्का- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
विद्युतीय मतदानका लागि मेशिनको प्रमाणीकरणमा केही आशङ्का बाँकी रहेकोले आसन्न निर्वाचनमा त्यसको प्रयोग गर्न नसकिएको निर्वाचन आयोगले बताएको छ। राजनीतिक दल तथा सरकारले पटक पटक विद्युतीय मतदानको प्रतिबद्धता गर्ने तथा 'अभ्यास र समय अभाव' भन्दै टार्ने गरेको विज्ञ बताउँछन्। तर पहिलो संविधानसभाको बेला केही ठाउँमा तथा केही उपनिर्वाचन र दलका आन्तरिक निर्वाचनहरूमा भने विद्युतीय यन्त्र प्रयोग हुँदै आएको छ। आयोगले पाँच वर्षपछि हुने अर्को निर्वाचनमा भने विद्युतीय मतदानलाई कुनै न कुनै रूपले प्रयोग गर्ने जनाएको छ। भिडिओ: कमल परियार #BBCNepali #Election #Vote