HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल निर्वाचन: 'डिजिटल प्रचार सामग्रीप्रतिको आकर्षणले झण्डा बिकेनन्' - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

राजनीतिक दल तथा उम्मेदवारहरूको डिजिटल प्रचार सामग्रीप्रतिको आकर्षण तथा निर्वाचन आयोगको 'कडा आचारसंहिताको कारण' झण्डा, ब्यानर जस्ता प्रचार सामग्रीको बिक्री घटेको सम्बद्ध व्यवसायी तथा कामदारहरूले चिन्ता व्यक्त गरेका छन्। विगत निर्वाचनहरूमा भएको माग तथा बिक्रीकाआधारमा दलका झण्डा, ब्याज जस्ता चुनावी प्रचार सामग्री तयार गरेपनि यसपटक आफूहरूको लगानी जोखिममा परेको उनीहरूको चिन्ता छ। निर्वाचन आयोगले चुनावी प्रचार सामग्री प्रयोगमा कडाइ गर्नुका साथै आचारसंहिता विपरीत प्रचार सामग्री प्रयोग गरेमा उम्मेदवारी खारेजीसम्मको कारबाही गरिने चेतावनी दिएको छ। भिडिओ: कमल परियार #BBCNepali #Election #Publicity