Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाल निर्वाचन: 'भोटमात्रै मागेर हुँदैन, जनतासँग गरेका वाचा पूरा गर' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
वर्षौँदेखि थापाथलीस्थित सुकुम्वासी बस्तीमा रहँदै आएकी जानुका पोखरेलले भोट दिँदै आएको वर्षौँ भयो। तर सुकुम्वासी सामू गरेका प्रतिबद्धता अझै पूरा नभएकामा असन्तुष्ट छिन्। गोरखा जौवारिकी कमला पन्त बाटो नभएका कारण आफूहरूले उत्पादन गर्ने दूध तथा तरकारीले बजार नपाएको प्रति दुःखी छन्। शिक्षिका सरिता हुमागाईँ विद्यालय शिक्षा सुधारमा दलहरू गम्भीर नबनेको बताउँछिन्। त्यस्तै वर्षौँदेखि काठमाण्डूमा तरकारी बेच्दै आएका भुवन बोहरा व्यवस्थित बजार चाहन्छन्। तर केही आशा र धेरै आशङ्काबीच उनीहरू मतदान गर्न तम्तयार देखिन्छन्। उनीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Election #Voters