HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नागरिकता: मधेसमा सधैँको चुनावी मुद्दा, के भन्छन् प्रदेश राजधानी जनकपुरका उम्मेदवार?

BBC News Nepali · 3 years ago

नागरिकताको विषय मधेसमा सधैँजसो चुनावी मुद्दा बन्ने गरेको छ। यसपालि पनि उम्मेदवारहरूले नागरिकताको विषयलाई चुनाव प्रचारप्रसारका क्रममा उठाइरहेका छन्। संसद्‌का दुवै सदनले दोहोर्‍याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यो हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। सत्ताधारी गठबन्धनका उम्मेदवारहरूले उक्त विषयलाई समेत जोड्दै नागरिकता समस्या समाधान गर्न नेकपा एमाले वाधक बनेको प्रचार गरिरहेका छन्। यसै सन्दर्भमा धनुषा क्षेत्र नम्बर तीनका सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार लोसपाका अनिलकुमार झा र एमालेकी उम्मेदवार जुलीकुमारी महतोसँग विजय गजमेर र विष्णु पोखरेलले कुराकानी गरी बनाएको यो भिडिओ। #BBCNepali #Election #Madhesh