HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Myanmar's Shwe Kokko: युद्धग्रस्त म्यान्मारमा निर्मित यो सहर किन अनौठो - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

थाईल्यान्डले म्यान्मारसँगको सीमावर्ती क्षेत्रमा मौलाएको ठगी धन्दा बन्द गराउन आफूले प्रयास गरेको जनाएको छ। त्यसका लागि थाई सरकारले सीमापारि शङ्कास्पद क्षेत्रमा निर्मित भवन र कार्यालयहरूमा विद्युत् आपूर्ति बन्द गरिदिएको छ भने ब्याङ्किङ र भिसासम्बन्धी कानुनमा पनि कडाइ गरेको छ। चिनियाँ आपराधिक समूहका नाइकेहरूले प्रत्येक वर्ष ठगी धन्दाबाट अर्बौँ डलर कमाउने गरेको ठानिन्छ। उनीहरूले हजारौँ मानिसलाई जबरजस्ती श्रम गराउने गरेका छन्। उनीहरूले थाई सीमापारि म्यान्मारको भूमिमा कैयौँ अग्ला भवनहरू बनाएका छन् म्यान्मारको करेन प्रान्तमा श्वे कोक्को नामक एउटा नयाँ सहर बनाइएको छ। त्यसका लागि १५ अर्ब अमेरिकी डलर खर्च भएको छ। यो परियोजनामा आधुनिक जुवाघरहरू र विलासी होटलहरू छन्। उक्त क्षेत्र म्यान्मार सरकारको नभई करेन जातीय समूहको 'बोर्डर गार्ड फोर्स' को नियन्त्रणमा छ। केही समयअघिसम्म श्वे कोक्कोमा सञ्चारमाध्यमको पहुँच थिएन। तर उक्त परियोजना सञ्चालन गर्ने एउटा चिनियाँ कम्पनीले बीबीसीका दक्षिणपूर्वी एशिया संवाददाता जोनथन हेडलाई श्वे कोक्को सहरमा जाने सीमित अनुमति दिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Myanmar #ShweKokko