Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Monarchy Nepal: 'राजावादी'को गतिविधिबारे ठूला दलहरू के भन्छन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेकपा माओवादी केन्द्रले तराई-मधेश जागरण अभियान आइतवारबाट तत्कालका लागि स्थगित गरेको छ। कार्यक्रम स्थगनसँगै सो पार्टीका केन्द्रीय नेताहरू सङ्घीय राजधानी काठमाण्डू फर्किन थालेका छन्। कतिपयले राजसंस्था पक्षधर दल तथा समूहरूको पछिल्ला सक्रियताका कारण उक्त माओवादीले आफ्नो कार्यक्रम स्थगित गरेको टिप्पणी गरेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले के तपाईँहरू राजसंस्था पक्षधरहरूको कार्यक्रमले चिन्तित भएर आफ्नो अभियान स्थगित गर्नुभएको हो भनेर माओवादीका प्रवक्ता तथा पूर्वसभामुख अग्नि सापकोटालाई सोधेका छन्। सुन्नुहोस् कुराकानी। #BBCNepali #BBCNepaliSewa #GyanendraShah #Monarchy